close

शिक्षकको व्यवस्थापन गर्दै वडा सरकार

शिक्षकको व्यवस्थापन गर्दै वडा सरकार

Trulli
ADVERTISEMENT

बारा - कलैया उपमहानगरपालिकाको वडा सरकारले विद्यालय शिक्षकको व्यवस्थापन गर्दै आएको छ । उपमहानगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा शिक्षक अभाव भएपछि वडा सरकारले नै व्यवस्थापन गर्दै आएको हो । 

उपमहानगरपालिकाको शिक्षा शाखाका अधिकृत विजय अधिकारीका अनुसार वडा कार्यालयले शिक्षक व्यवस्थापनको लागि बजेट विनियोजन गर्दै आएको छ । सबै वडा कार्यालयले आवश्यकताको आधारमा शिक्षक व्यवस्थापन गरेको उनले पालिकाखबरलाई बताए । 

सामुदायिक विद्यालयमा दरबन्दीभन्दा कम शिक्षक भएकाले उपमहानगरपालिकाले केही संख्या र वडा कार्यालयले आवश्यकता अनुसार शिक्षक व्यवस्थापन गरेको उनले सुनाए । शिक्षकको व्यवस्थापन भएसँगै सामुदायिक विद्यालयको शिक्षामा सुधार भएको उनको दावी छ । 

उनका अनुसार उपमहानगरपालिकाले शैक्षिक गुणस्तरीयताको लागि शिक्षकलाई तालिम, बालविकास केन्द्रका शिक्षक, कर्मचारीको तलव वृद्धि गर्दै आएको उनले सुनाए ।