close

गाउँपालिकाकै स्रोतबाट ४२ जना शिक्षक

गाउँपालिकाकै स्रोतबाट ४२ जना शिक्षक

Trulli
ADVERTISEMENT

रुपन्देही - कोटहीमाई गाउँपालिकाले शैक्षिक सुधारका लागि स्वयम् शिक्षकको व्यवस्थापन गर्दै आएको छ । गाउँपालिकाको सामुदायिक विद्यालयमा दरबन्दी शिक्षकको संख्या अपुग भएकाले गाउँपालिकाले स्वयम् सेवक शिक्षकको व्यवस्थापन गरेको हो । 

गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाकी शाखा अधिकृत अमृता बुढाथोकीका अनुसार गाउँपालिकाले ४२ जना स्वयम्सेवक शिक्षकको व्यवस्थापन गरेको छ । दरबन्दी शिक्षक अपुग भएकाले गाउँपालिकाको शिक्षा प्रभावित भएको र शैक्षिक सुधारको लागि व्यवस्थापन गरेको उनले पालिकाखबरलाई बताइन् । 

गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमा शिक्षक, खानेपानी, बत्ती, फर्निचर तथा भौतिक संरचनाको अभाव भएकाले उनले बताइन् । गाउँपालिकाले विद्यालयको खानेपानी र बत्तीको बील तिर्दै आएको उनले बताइन् ।  

गाउँपालिकाले परीक्षा सञ्चालन तथा विविध कार्यक्रमको लागि बजेट विनियोजन गरेको उनले सुनाइन् । उनका अनुसार गाउँपालिकाभित्र १४ वटा सामुदायिक विद्यालय सञ्चालनम रहेका छन् । ११ हजार विद्यार्थी अध्ययनरत छन् ।