close

माडी नगरपालिकाले पाएन विषयगत शिक्षक

माडी नगरपालिकाले पाएन विषयगत शिक्षक

Trulli
ADVERTISEMENT

चितवन- माडी नगरपालिकाले करिब एक महिनामा पनि विषयगत शिक्षक नपाएपछि पुन:विज्ञापन गरेको छ । 

संघीय शिक्षण सिकइ सहयोग अनुदान प्राप्त भएपछि नगरपालिकाको शिक्षा समितिको गत असोज ७ गतेको निर्णयअनुसार कक्षाा ६ देखि ८ सम्म पढाउने विज्ञान विषयको शिक्षक माग गरिएको थियो । तर सो अवधिमा कुनै आवेदन नपरेको नगरपालिकाले जनाएको छ । 

नगर शिक्षा समितिले आज ७ दिनेको म्याद थप गरेर पुन: सूचना प्रकाशित गरिएको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिए ।