close

गाउँपालिकाले करार शिक्षकको लागि सहयोग नगरेपछि समुदायद्वारा शिक्षकको  व्यवस्था

गाउँपालिकाले करार शिक्षकको लागि सहयोग नगरेपछि समुदायद्वारा शिक्षकको  व्यवस्था

Trulli
फाइल फोटो
ADVERTISEMENT

रौतहट - दुर्गा भगवती गाउँपालिकामा पर्याप्त मात्रामा शिक्षक दरबन्दीको व्यवस्था नहुँदा समस्या भएको छ । विद्यालयमा शिक्षक दरबन्दी कम भएसँगै शैक्षिक गुणस्तरमासमेत असर भएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक सितेशकुमार यादवका अनुसार गाउँपालिकामा १७ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । तर ती विद्यालयमा १७४ जनामात्र दरबन्दी शिक्षक कार्यरत छन् । 

विद्यालयमा शिक्षक अपुग भए पनि गाउँपालिकाले कुनै व्यवस्था नगरेको उनले पालिकाखबरलाई बताए । शिक्षक दरबन्दी अपुग रहेका विद्यालय स्वयम्ले आन्तरिक तथा निजी स्रोतबाट शिक्षकको  व्यवस्थापन गर्दै आएको उनको भनाइ छ । 

उनका अनुसार गाउँपालिकाको सामुदायिक विद्यालयमा खानेपानी, भौतिक संरचना तथा शौचालयको समस्या छ । गाउँपालिकाले सो समस्याको समाधानको लागि पहल गर्दै आएको दावी गरे । विद्यालयको भौतिक संरचना तथा कक्षागत फर्निचरको व्यवस्थापनको लागि बजेट विनियोगन गर्दै आएको उनले सुनाए । आवश्यता अनुसार विद्यालयलाई वार्षिक रुपमा डेक्स, बेन्च तथा स्टेशनरी सामग्रीको वितरण गर्दै आएको उनको भनाइ छ । 

गाउँपालिकाभित्रका अधिकांश विद्यालयमा खानेपानीको व्यवस्था भए पनि पर्याप्त नभएको उनले सुनाए । कुनै विद्यालयमा विद्यार्थी संख्या बढीकोले खानेपानीको अभाव भएको उनको भनाइ छ । पुरानो धाराबाट विद्यालयमा खानेपानी वितरण हुँदै आएको छ । ‘विद्यार्थी संख्या बढेसँगै ती विद्यालयमा खानेपानीको समस्या भएको हो,’ उनले भने ।

भौतिक तथा शैक्षिक सुधारको लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट काम भइरहेको उनले सुनाए । उनका अनुसार सो कार्यक्रमबाट तीन वटा विद्यालय छनौटमा परेका छन् । जसमध्ये गुणेश्वर प्रावि दुई पटक, सरस्वती प्रावि र बोलैया प्रावि एक एक पटक छनौटमा परे सुधार कार्य भइरहेको उनले सुनाए । 

जेहेन्दार विद्यार्थीको संघीय सरकारले विनियोजन गरेको रकमबाट छात्रवृत्ति वितरण गर्दै आएको उनले सुनाए । उनका अनुसार गाउँपालिकामा नौ हजार विद्यार्थी अध्ययरत रहेका छन् ।