close

बालबालिकाको गुणस्तरीय शिक्षाका लागि अभिभावकलाई तालिम

बालबालिकाको गुणस्तरीय शिक्षाका लागि अभिभावकलाई तालिम

Trulli
फाइल फोटो
ADVERTISEMENT

अछाम– मेल्लेख गाउँपालिकाले विद्यार्थीहरूको शैक्षिक गुणस्तर र प्रभावकारी अनुगमनमा लगानी थालेको छ । 

गाउँपालिकाले शिक्षक अभिभावक संघ, अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालनमा ल्याएसँगै शिक्षाको गुणस्तरमा टेवा पुग्ने विश्वास लिएको छ । गाउँपालिकाले सबैलाई अभिमुखीकरण तथा तालिम दिएको छ । 

शिक्षा शाखा प्रमुख बिरेन्द्रबहादुर खड्काले सबै जिम्मेवारहरूलाई तालिम दिएपछि आफ्नाे उपस्थिति प्रभावकारी बनाउने पालिकाखबरलाइृ बताए । हाल गाउँपालिकामा ८३ जना करार शिक्षक कार्यरत छन् । करार शिक्षकका तलबको लागि २ करोड ८० लाख वजेट विनियोजन गरिएको छ ।