close

शैक्षिक सुधारकाे लागि विद्यालयकाे नियमित अनुगमन

शैक्षिक सुधारकाे लागि विद्यालयकाे नियमित अनुगमन

Trulli
फाइल तस्वीर
ADVERTISEMENT

अछाम– ढकारी गाउँपालिकाले शिक्षा सम्बन्धि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको छ । पालिकाले स्थानीय शिक्षा सुधारका लागि कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाले शैक्षिक सुधार गर्नका लागि स्थानीय पाठ्यक्रम निर्माण, शिक्षा समितिको ६ वटा बैठक, शैक्षिक क्यालेन्डर निर्माण, आधारभूतको कक्षा ८ को परिक्षा सञ्चालन, प्रत्येक महिनाको बैठक र शिक्षाको पेशागत सहयोग कार्यक्रमलगायत सञ्चालनमा रहेका शिक्षा शाखा प्रमुख टेकनारायण पोख्रेलले पालिका खबरलाई जानकारी दिए ।

शिक्षा शाखा र विषय विज्ञको सहकार्यमा वडाका प्रत्येक विद्यालयमा अनुगमन गर्दै आएको प्रमुख पोख्रेलले बताए । 'हामीहरुको अनुगमनमा गएर विद्यालयको शैक्षिक सुधार गर्न आवश्यक अनुसारको प्राविधिक सहयोग गर्दै आएका छौँ,' उनले भने ।

नेपाल सरकारको सशर्त अनुदान अन्तर्गत कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुको पाठ्यक्रम निशुल्क गरिएको प्रमुख पोख्रेलले जानकारी दिए । विद्यालयमा भएका कार्यक्रमलाई प्रभाकारी कसरी बनाउने, गाउँपालिकाभित्रको शैक्षिक गुणस्तर सुधार गर्न कसरी गर्नेलगायतका काम गर्दै आएको उनले बताए । गाउँपालिकाले शिक्षाको लागि १५ लाख वजेट विनियोजन गरेको छ ।