close

‘हाम्रो गुर्भाकोट’ निमार्ण गरी पठनपाठन शुरु

‘हाम्रो गुर्भाकोट’ निमार्ण गरी पठनपाठन शुरु

Trulli
ADVERTISEMENT

सुर्खेत– गुर्भाकोट नगरपालिकाले स्थानीय पाठ्यपुस्तक ‘हाम्रो गुर्भाकोट’ निर्माण गरी पठनपाठन शुरु गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ देखि पाठ्यपुस्तक तयार गरेर पठनपाठन शुरु गरेको हो ।

स्थानीय कृषि, पर्यटन, स्थानीय कला, संस्कृती, भेषभुषा, साहित्यलगायतका विषयवस्तु समेटेर ‘हाम्रो गुर्भाकोट’ पाठ्यपुस्तक निमार्ण गरेर पठनपाठन शुरु गरेको शिक्षा अधिकृत पदमबहादुर विकले बताए ।

स्थानीय पाठ्यपुस्तक निमार्णको साथ साथै शिक्षा क्षेत्रको विकासलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको उनले पालिकाखबरलाई बताए ।  ‘विकासको आधार तथा मर्यादित जीवन, सम्मानित रोजगारी तथा उद्यम विकासको आधार भनेको शिक्षा हो । ज्ञानमा आधारित समाजको माध्यमबाट मुलुकको दिगो शान्ति र समृद्धिका लागि शिक्षालाई महत्त्वपूर्ण माध्यमका रुपमा लिएका छौ,’ उनले भने ।

शिक्षा क्षेत्र विकासका लागि संघीय सरकार सशर्त अनुदान २६ करोड ८८ लाख ५२ हजार रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए । उनका अनुसार नगरपालिकाबाट चालु तथा अन्य कार्यक्रममा २ करोड ५४ लाख ८५ हजार रुपैयाँ गरी जम्मा  २९ करोड ४३ लाख ३७ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।