close

मटिहानीमा निरक्षरको तथ्यांक संकलन गरिँदै

मटिहानीमा निरक्षरको तथ्यांक संकलन गरिँदै

Trulli
ADVERTISEMENT

महोत्तरी- मटिहानी नगरपालिकाले निरक्षरको तथ्यांक संकलन थालेको छ । पालिका भित्रका ६० जना विद्यार्थीलाई एक दिने सहजकर्ता अभिमुखीकरण दिई निरक्षरको तथ्यांक संकलनका लागि स्वयंसेवकको रुपमा खटाइएको नगरपालिकाले जनाएको छ । 

नगरपालिका भित्रका ५ वटा माविमा अध्ययन गर्ने कक्षा ९ देखि १२ सम्मका ४२ जना छात्रा र १८ जना छात्रलाई पहिलो चरणमा निरक्षरको तथ्यांक संकलनका लागि आ-आफ्नो टोल क्षेत्रको जिम्मेवारी दिइएको नगरपालिकाले जनाएको छ ।

पालिकाले २०७८ सालमै मटिहानी साक्षर घोषणा गर्ने लक्ष्य लिएको भए पनि कोभिडका कारण काम हुन नसकेकाले यसवर्ष नगरलाई साक्षर घोषणा गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ । तथ्यांक संकलन फारम, झोलासहित आवश्यक कागजपत्र विद्यार्थीलाई उपलब्ध गराएको र विद्यार्थीलाई तथ्यांक भर्ने तरिका पनि सिकाएको छ ।

साक्षर नगर घोषणा अभियानअन्तर्गत तथ्यांक संकलनपछि साक्षरता कक्षा संचालन गरिनेछ । निरक्षरको संख्याको आधारमा आवश्यक्ता विद्यार्थीहरु थप गरी हरेक विद्यार्थीलाई ५ हजार रुपैँया प्रोत्साहन रकम उपलब्ध गराउने शिक्षा शाखाले जनाएको छ ।