close

४ जिपिए ल्याएर उत्कृष्ट हुने २ छात्राछात्र गाउँपालिका अध्यक्षबाट पुरस्कृत

४ जिपिए ल्याएर उत्कृष्ट हुने २ छात्राछात्र गाउँपालिका अध्यक्षबाट पुरस्कृत

Trulli
ADVERTISEMENT

अछाम- तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बिसीले आफ्नो सेवा सुविधाबापतको रकम जेहेन्दार विद्यार्थीलाई दिएका छन् । 

अध्यक्ष बिसीले थाल्पाटाको बसुन्धरा माबिबाट सबैभन्दा धेरै अंक ल्याएर उत्कृष्ट बनेका कक्षा १ का रमेशबहादुर विक र रेमुकाकुमारी बुढालाई १५/१५ हजार रुपैयाँ वितरण गरेका हुन् । उनीहरूले ४ जिपिए ल्याएर विद्यालयकै उत्कृष्ट विद्यार्थी बनेका थिए । 

अध्यक्ष बिसीले रमेश र रेमुकाका अभिभावकलाई सम्मानपत्रसमेत दिएका छन् । सम्मानपत्र बुझ्दै रमेशका आमाबुबा शर्मिलादेवी विक र पूर्णबहादुर विक तथा रेमुकाका आमाबुबा साबित्री शाही र महेश बिसी खुशी भएका छन् ।

आगामी दिनमा विपन्न र अनाथ बालबालिकालाई पनि आर्थिक सहयोग गरी उनीहरूलाई उनीहरूको पढाइमा सहयोग गरिदिने अध्यक्ष बिलीले प्रतिबद्धता जनाएका छन्।