close

बुटवलका सबै विद्यालय ३ दिनका लागि बन्द

बुटवलका सबै विद्यालय ३ दिनका लागि बन्द

Trulli
ADVERTISEMENT

रुपन्देही- जाडो बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले माघ ७ देखि ९ गतेसम्म ३ दिन विद्यालयमा जाडो बिदा दिएको छ ।

उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले एक सूचना जारी गर्दै उपमहानगरभित्रका सबै विद्यालयमा माघ ७ गतेदेखि ९ गतेसम्म बिदा दिने बताताए । 

‘यस उपमहानगरपालिकाको माघ ५ को निर्णयअनुसार अत्यन्तै जाडो बढेका कारण यस उपमहानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा माघ ७ गतेदेखि ९ गतेसम्म तीन दिनसम्मका लागि जाडो बिदा (हिउँदे बिदा) गरिएको ब्यहोरा जानकारीका लागि अनुरोध छ’ सूचनामा भनिएको छ ।

जाडोका कारण जनजीवन प्रभावित बनेको छ । बालबालिका र बृद्धबृद्धा बढी प्रभावित भएका हुन् ।