close

चिसाे बढेसँगै सिद्धार्थनगरका विद्यालय बन्द

चिसाे बढेसँगै सिद्धार्थनगरका विद्यालय बन्द

Trulli
ADVERTISEMENT

रुपन्देही - चिसो अत्याधिक बढेपछि सिद्धार्थनगर नगरपालिकाका विधालयहरु बन्द गरिने भएको छ ।

बढ्दो शीतलहर प्रकोपको कारण अत्याधिक चिसोले विद्यार्थीहरुको स्वास्थ्यमा गम्भिर असर पर्ने सक्ने विषयलाई मध्यनजर गर्दै ६ दिनका लागि विद्यालयमा विदा गरिएको सिद्धार्थनगर नगरपालिकाका उपसचिव एवं शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले जानकारी दिए ।

उनका अनुसार वर्षे विदाबाट कट्टा हुने गरी पालिकाभित्रका सबै विद्यालयमा माघ ७ गते देखि माघ १२ गतेसम्म बन्द रहने छ ।

साथै, विदा अवधीको बीचमा मौसम सुधार भएको अवस्थामा विद्यालय संचालनमा पुर्नविचार गरी सूचना जारी गरिने उनले बताए