close

‘नानीसंग ज्ञानी कार्यक्रम’ सञ्चालन गर्ने योजनामा छत्रदेव

‘नानीसंग ज्ञानी कार्यक्रम’ सञ्चालन गर्ने योजनामा छत्रदेव

Trulli
फाइल तस्विर
ADVERTISEMENT

अर्घाखाँची– छत्रदेव गाउँपालिकाले ‘नानीसंग ज्ञानी कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले आगामी नयाँ शैक्षिक सत्रबाट सो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

गाउँपालिकाअन्तर्गतका सबै विद्यालयमा नयाँ शैक्षिक सत्रबाट उक्त कार्यक्रम लागु गरिने शिक्षा अधिकृत तुल्सिराम न्यौपाने जानकारी दिए । शिक्षा शाखाका व्यक्ति, बैंक क्षेत्रका कर्मचारीलगायतका व्यक्तिले नानीसंग ज्ञानी कार्यक्रममा अन्तरक्रिया गरिने अधिकृत न्यौपानेले पालिकाखबरलाई जानकारी दिए ।

कार्यक्रममा कक्षा १ देखि कक्षा १२ सम्मका सबै विद्यार्थीहरुलाई सहभागी गरिने तथा ज्ञान लिन सकिने उनको विश्वास छ । ‘विविध कारणले कार्यक्रम सञ्चालन गर्न सकिएन, नयाँ शैक्षिक सत्रबाट कार्यक्रम सञ्चालन गर्ने योजनामा छ,’ उनले भने । 

सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुलाई कार्यक्रम लागू गरिने उनको भनाइ छ । यसका लागि गाउँपालिकाले  दुई लाख बजेट विनियोजन गरेको छ ।