close

३० हजार रुपैयाँ छात्रवृत्ति दिँदा पनि परेन आवेदन

३० हजार रुपैयाँ छात्रवृत्ति दिँदा पनि परेन आवेदन

Trulli
ADVERTISEMENT

मुस्ताङ– वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । 

गाउँपालिकाभित्र कक्षा १० सम्म अध्ययन गरेर हाल कक्षा ११, १२ मा अध्ययन गरिरहेका गरिब, विपन्न तथा दलित परिवारका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । छात्रवृत्तिको लागि आवेदन दिन गाउँपालिकाले आइतबार १५ दिने सूचना जारी गर्दै अनुरोध गरेको छ । 

प्रति विद्यार्थी वार्षिक ३० हजार रुपैयाँका दरले छात्रावृत्ति उपलब्ध गराउन लागेको गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले बताए । गाउँपालिकाभित्रका शैक्षिक संस्थामा कक्षा १० सम्म मात्र पढाइ हुने उनले बताए । कक्षा १० सम्म पालिकाभित्र अध्ययन गरेर हाल सामुदायिक विद्यालयमा कक्षा ११, १२ मा अध्ययन गरिरहेका स्थानीय बसोबासी विद्यार्थीलाई सो छात्रावृत्ति प्रदान गर्ने पालिकाखबरलाई उनले जानकारी दिए । 

उनका अनुसार गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रम गत आर्थिक वर्षबाट सुरु गरिएको हो । तर गत वर्ष छात्रवृत्तिको लागि एउटा पनि आवेदन नपरेको उनले बताए । उनले भने, ‘यस वर्षको सूचनाको समय अझै बाँकी छ । विद्यार्थीहरुको आवेदन पार्न समन्वय गर्न वडाध्यक्षहरुलाई पनि भनेको छु।’