close

दि भ्वाइसका फाइनलिस्ट प्रयासलाई गाउँपालिकाको ७ लाख सहयोग

दि भ्वाइसका फाइनलिस्ट प्रयासलाई गाउँपालिकाको ७ लाख सहयोग

Trulli
ADVERTISEMENT

सोलुखुम्बु- दि भ्वाइस अफ नेपालका फाइनलिस्ट कुमार प्रयासलाई थुलुङदूधकोशी गाउँपालिकाले ७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग गरेको छ । 

आज गाउँपालिकाको केन्द्र मुक्लीमा आयोजित पाँचौँ अध्यक्ष रनिङशिल्ड प्रतियोगिता तथा बृहत सांगितिक कार्यक्रमको अवसरमा दि भ्वाइस अफ नेपाल सिजन ५ का फाइनलिस्ट कुमारलाई गाउँपालिकाले आर्थिक सहयोग गरेको हो ।

भोटिङका लागि गाउँपालिकाले निर्णय नै गरेर सहयोग उपलब्ध गराइएको अध्यक्ष असिम राईले जानकारी दिएका छन् । कुमारलाई उक्त कार्यक्रममा ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँको चेक गाउँपालिका अध्यक्ष राईले हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण गर्दै अध्यक्ष असिम राईले कुमार प्रयास यस गाउँपालिकाको गहना भएको बताए । 

साथै कुमारलाई बिजेता बनाउनका लागि सबैले भोट दिनुपर्ने गाउँपालिका अध्यक्ष राईको आग्रह थियो । दि भ्वाइस अफ नेपालका फाइनलिस्ट कुमार थुलुङदूधकोशी गाउँपालिका-९ का बासिन्दा हुन् ।