close

मेयरका छोराले रोपे बुबाले पाएको मतबराबरको विरुवा

मेयरका छोराले रोपे बुबाले पाएको मतबराबरको विरुवा

Trulli
ADVERTISEMENT

कैलाली । गोदावरी नगरपालिकामा प्रेमराज भट्टले आफ्न बुबाले पाएको मतबराबरको बिरुवा रोपेका छन् । प्रेमराजका बुबा विरेन्द्र भट्टले गोदावरी नगरपालिकाको मेयरमा १५ हजार ५०१ मत ल्याएर विजयी भएका थिए । सोही मतअनुसार छोरा प्रेमराजले १५ हजार ५०१ विरुवा रोपेका हुन् । 

विरेन्द्रले कांग्रेसबाट गठबन्धनमा उम्मेदवारी दिएर मेयरमा विजयी भएका थिए भने प्रेमराज कांग्रेस जिल्ला समिति कैलालीका सदस्य हुन् ।

‘उहाँले उम्मेदवारी दिँदा नै मत अनुसारको विरूवा रोप्ने घोषणा गरेको थिएँ । अहिले त्यही प्रतिबद्धता पूरा गरेको हुँ ।’ उनले पालिका खबरलाई भने । रोपेको विरुवा आफ्नै व्यक्तिगत खर्चले खरिद गरेको उनले बताए । 

नगरपालिकाले पनि ‘एक घर एक बोट’ अभियान चलाएको छ । सार्वजनिक स्थलहरू मन्दिर र विद्यालयमा पनि विरुवा रोपिएको छ । 

सार्वजनिक स्थलहरूमा रोपिएको विरुवाको हेरचाह नगरपालिकाले गर्ने नगरप्रमुख विरेन्द्र भट्टले बताए । आफ्नो विजयको खुसीमा विरुवा रोपिएकोमा उनले खुसी व्यक्त गर्दै वृक्षरोपणको योजना आफ्नो पनि प्रमुख प्राथमिकता रहेको बताए ।