close

काठमाडौं महानगरपालिकाले आजदेखि फोहोर उठाउने

काठमाडौं महानगरपालिकाले आजदेखि फोहोर उठाउने

Trulli
ADVERTISEMENT

काठमाडौं । केही दिनदेखि काठमाडौंका सडकमा थुप्रिएको फोहर आजदेखि उठ्ने भएको छ । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि फोहर संकलन गर्ने जानकारी दिएको हो ।

बिहीबार बिहान ६ बजेदेखि पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्‍याउन महानगरले महानगरवासीलाई अनुरोध गरेको छ ।

महानगरद्वारा जारी सूचनामा भनिएको छ, ‘बिहीबार बिहान ६ बजेदेखि तपाईँको पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्‍याउन, त्यसै सूचनामार्फत महानगरबासीमा अनुरोध गरिएको छ ।’ 

उपत्यकाको फोहर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक निर्माणका लागि भन्दै महानगरले एक हप्ता फोहोर उठाएको थिएन ।

एक हप्तासम्म फोहोर संकलन नहुँदा काठमाडौंका चोक र सडकहरुमा फोहोर थुप्रिएको छ । ती फोहोरले दुर्गन्ध फैलिएको छ ।