close

घरपझोङमा वियर बोतल प्रयोग गर्न निषेध

घरपझोङमा वियर बोतल प्रयोग गर्न निषेध

Trulli
ADVERTISEMENT

मुस्ताङ  । घरपझोङ गाउँपालिकाले वियरको बोतल प्रयोग नगर्न निर्देशन दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै आगामी बैशाख १ गतेदेखि वियरको बोतल प्रयोग नगर्न निर्देशन दिएको हो । 

गाउँपालिकाको अनुसार पालिका क्षेत्रमा वियरको सिसाको बोतल उचित तरिकाले व्यवस्थापन गर्न नसकेकोले सो निर्देशन दिएको हो । गाउँपालिकाभित्रका होटेल, रेष्टुरेन्ट, पसल तथा पर्यटक घुम्न आउने क्षेत्रमा वियरको बोतल प्रयोग गर्न निषेध गरेको गाउँपालिकाले जनाएको छ । 

पालिका क्षेत्रको वातावरण सफा राख्नको लागि गाउँपालिकाको कार्यपालिकाले सो निर्णय गरेको हो । बैशाख १ गतेदेखि वियरको बोतल प्रयोग नगर्न र नगराउन पालिकाले सोही सूचनामार्फत अनुरोध गरेको छ ।