close

दिसाको पुन: प्रयोगबाट महालक्ष्मीलाई फाइदै फाइदा

दिसाको पुन: प्रयोगबाट महालक्ष्मीलाई फाइदै फाइदा

Trulli
ADVERTISEMENT

ललितपुर । ‘गु कोट्याउने सिन्को पनि काम लाग्छ’  भन्ने नेपाली उखान चर्चित छ । तर महालक्ष्मी नगरपालिकालाई कोटयाउने सिन्को होइन, गु नै काम लाग्न थालेको छ । 

महालक्ष्मी नगरपालिका-८ लुभुमा स्थानीयको सेफ्टी ट्यांकीबाट निस्केका दिसाजन्य लेदोलाई प्रशोधनको सुरुवात भएको हो । नगरपालिकाबाट निस्केका दिसा ट्यांकरले प्रशोधन केन्द्रसम्म पुर्‍याउँछ । उक्त लेदो प्रशोधन भई निस्केका सबै चिज पुन: प्रयोग गर्न मिल्छ । त्यहाँबाट निस्केका दुर्गन्धबाट ग्याँस, दिसाको खोस्टाबाट मल र थिग्रिएर प्रशोधित पानीलाई समेत करेसाबारीमा प्रयोग गर्न सकिने नगरपालिकाले जनाएको छ । 

हेल्प फर चिल्ड्रेन नामक सामाजिक संस्थाको जग्गामा एन्फो नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा पाइलट प्रोजेक्टको रुपमा सन् २०१५ मै निर्माणको काम सुरु भएको थियो । त्यसपछि विविध समस्याका कारण बन्द भएको उक्त प्रशोधन केन्द्र आजदेखि पुन: सञ्चालनमा आएको हो । 

महालक्ष्मी नगरपालिका, हेल्प फर चिल्ड्रेन र एन्फो नेपालको सहकार्यमा उक्त परियोजनाको सुरुवात भएको हो । दिसा नै प्रशोधन भएपछि एकातिर नदी तथा खुला वातावरणीय सरसफाइमा टेवा पुगेको छ भने अर्कोतिर दिसाको पुन: प्रयोगलेबाट सिँचाइमा सहयोगसँगै आर्थिक लाभ भएको जनाइएकाे छ ।

महाल्क्षमी नगरपालिका -८ का वडाध्यक्ष विश्वराज श्रेष्ठ पालिकाखबरसँग भन्छन् ‘दिसाबाट ग्याँस, पानी र मल निस्किँदा आर्थिक उपलब्धिको पाटोबाट पनि फाइदा भएको छ भने ढलको तथा नदीमा दिसा नजाने भएकोले वातावरण प्रदुर्षण न्यूनीकरणमा पनि सहयोग पुगेको छ । ’