रूपन्देही- रूपन्देहीमा दोस्रो चरणको कोरोनाविरुद्धको खोप पहिलो चरणमा ८ पालिकामा लगाउन सुरु भएको छ । २३ देखि २५ फागुनसम्म र दोस्रो चरणमा १ देखि ३ चैतसम्म खोप लगाइँदै छ ।
जिल्ला स्वास्थ्य कार्यलय रूपन्देहीका अनुसार रूपन्देहीका १६ पालिकामा रहेका ६५ वर्षभन्दा माथिका ५२ हजार ६ सय ८७ जनालाई २ चरणमा कोरोनाविरुद्धको खोप लगाइने भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्रकुमार गिरीका अनुसार १६ वटा स्थानीय तहमा २ चरणमा खोप लगाइने र त्यसका लागि ८३ खोप केन्द्र, ५ सय ५८ स्वास्थ्यकर्मी र २ सय ४६ स्वयंसेवक परिचालन गरिएको छ ।
डा. गिरीले स्वास्थ्य केन्द्रमा खोप लगाउनेलाई अभिमुखीकरण गरिएको बताए । विभिन्न चरणमा स्वास्थ्यकर्मीदेखि सञ्चारकर्मीसँग अभिमुखीकरण गरिएको छ ।
खोप लगाएपछि हुन सक्ने स्वास्थ्य अवस्थालाई लक्षित गर्दै १६ वटै पालिकामा चिकित्सकसहितको टोली व्यवस्थापन गरिएको छ । पहिलो चरणको खोप लगाएको १० देखि १२ साताको फरकमा दोस्रो खोप लगाउनुपर्ने भएकाले वैशाखमा १४ हजार २ सय ९७ जना र दोस्रो चरण जेठमा पुनः खोप लगाउनुपर्नेछ ।
यस्तै, पालिकामा अनुगमन गर्न पालिका प्रमुख, वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र जिल्ला खोप समन्वय तथा खोप समितिलाई अनुगमन, सुपरीवेक्षण र सहजीकरणको व्यवस्था मिलाइएको डा. गिरीले जानकारी दिए ।
रूपन्देहीमा दोस्रो चरणमा खोप लगाइने पालिका :
- बुटवल उपमहानगरपालिका
- सैनामैना नगरपालिका
- सिद्धार्थनगर नगरपालिका
- कञ्चन गाउँपालिका
- सियारी गाउँपालिका
- गैडहवा गाउँपालिका
- शुद्धोधन गाउँपालिका
- मायादेवी गाउँपालिका
- दोसो चरणमा परेका पालिका
- तिलोत्तमा नगरपालिका
- देवदह नगरपालिका
- ओमसतिया गाउँपालिका
- लुम्बिनी सांस्कृतिक नगरपालिका
- कोटहीमाई गाउँपालिका
- मर्चवारी गाउँपालिका
- सम्मरीमाई गाउँपालिका
- रोहिणी गाउँपालिका