close

आलितालको वडा नम्बर ५ पूर्ण खोप वडा घोषणा

आलितालको वडा नम्बर ५ पूर्ण खोप वडा घोषणा

Trulli
ADVERTISEMENT

डडेल्धुरा- डडेल्धुराको आलिताल गाउँपालिकाको ५ नम्बर वडालाई पूर्ण खोप वडा घोषणा गरिएको छ । 


वडामा रहेका १६ देखि २३ महिनामुनिका ३४ बालबालिकालाई वडाका महिला स्वयंसेविकाको सहयोगमा अनमी र अहेबले घरघरमै पुगी पूर्ण खोप लगाएपछि वडालाई पूर्ण खोप वडा घोषणा गरिएको आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले बताए । 

 

गाउँपालिका अध्यक्ष गुरुङ र प्रमुख प्रशासकीय अधिकृत भोजबहादुर ऐडीले घोषणापत्र पढेर पूर्ण खोप घोषणा गरेका थिए ।

 

खोपबारे विशेषगरी १६ देखि २३ महिनाभित्रका बालबालिकाले पूर्ण खोप नपाए विभिन्न किसिमका रोग लाग्ने हुँदा यसतर्फ आमाहरू नै बढी सचेत हुनुपर्ने अध्यक्ष गुरुङले बताए ।

 

आलिताललाई चैतभित्र पूर्ण खोप घोषणा गरिने गाउँपालिका स्वास्थ्य संयोजक धनबहादुर क्षेत्रीले जानकारी दिए ।

 

यसअघि गाउँपालिकाको वडा नम्बर ७ लाई पूर्ण खोपयुक्त वडा घोषणा गरिएको थियो । पूर्ण खोप घोषणा गराउन सहयोग गर्ने ९ जना आमा समूहका पदाधिकारी, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो ।