close

गण्डकीमा थपिए ४२ कोरोना संक्रमित

गण्डकीमा थपिए ४२ कोरोना संक्रमित

Trulli
ADVERTISEMENT

गोरखा- बिहीबार गण्डकी प्रदेशका थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा गण्डकीका ५ जिल्लाका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

 

कास्कीको पोखरा महानगरका २३, बागलुङका १५, नवलपरासी पूर्वका २, म्याग्दी र पर्वतका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले जानकारी दिए । 

 

संक्रमण पुष्टि भएकाहरू १४ देखि ८१ वर्ष उमेर समूहका छन् । ‘आज देखिएका सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङका क्रममा भेटिएको हुन् । सबै संक्रमितलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको छ’, उनले भने ।