close

चितवनको बघौडा अस्पतालमा अक्सिजनसहितको आइसोलेसन सेन्टर

चितवनको बघौडा अस्पतालमा अक्सिजनसहितको आइसोलेसन सेन्टर

Trulli
ADVERTISEMENT

चितवन(माडी)- चितवनको माडी नगरपालिकामा रहेको बघौडा अस्पतालअन्तर्गत स्थापित अक्सिजनसहितको आइसोलेसन उपचार सेन्टर सञ्चालनमा आएको छ ।

 

माडी नगरपालिकाका नगरप्रमुख ठाकुरप्रसाद ढकालले आइसोलेसन सेन्टरका प्रमुख डा. आलोक कुमारलाई एन्टिजेन टेस्ट किट र अक्सिमिटर हस्तान्तरण गरी ८ बेड क्षमताको सो सेन्टरबाट सेवा सुरु गरे ।

 

नगरपालिकाको ५ लाख रुपैयाँ लागतमा साविक कृषि सेवा केन्द्रको भवनलाई अपांगमैत्रीसमेत हुने गरी मर्मत, रंगरोगन र नयाँ शौचालय निर्माण गरी आइसोलेसन सेन्टर निर्माण गरिएको हो ।

 

सेन्टरमा अक्सिजन कन्सन्ट्रेटर मेसिनसहित ज्वरो र कोरोनाका सम्भाव्य बिरामी जाँच्ने डेस्कसमेत रहेको छ । 

 

कार्यक्रममा नगरप्रमुख ढकालसँगै प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतम, वडाध्यक्ष पुरन महतो, स्वास्थ्य शाखा प्रमुख शिव सुवेदी र स्वास्थ्यकर्मी एवं सञ्चारकर्मीको सहभागिता थियो । 

 

नगरप्रमुख ढकालले सकेसम्म कोरोना कसैलाई लाग्न नदिने, लागिहाले घरमै होम आइसोलेसनमा राखी उपचार गर्ने र केही जटिलता देखिए आइसोलेसन सेन्टरमा ल्याई उपचार गरिने बताए ।

 

कोरोना महामारी नियन्त्रणमा आएपछि सो भवनलाई बघौडा अस्पताल मातहतकै रक्तसञ्चार केन्द्र बनाइने उनले जानकारी दिए ।