close

जिल्ला अस्पताल हुम्लामा ५ बेडको कोभिड अस्पताल तयार

जिल्ला अस्पताल हुम्लामा ५ बेडको कोभिड अस्पताल तयार

Trulli
ADVERTISEMENT

हुम्ला– सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पताल अस्पताल हुम्लामा पहिलो पटक ५ बेडको कोभिड अस्पताल सञ्चालनमा आएको छ । अस्पतालमा कोभिडका जटिल बिरामीलाई राखेर उपचार सुरु भएको हो ।

 

यसअघि सामान्य कोरोना पुष्टि भएका बिरामीलाई रानीवनस्थित आइसोलेसन वार्डमा राखिए पनि शुक्रबार बिहान १ जना श्वासप्रश्वासमा समस्या आएका बिरामी देखिएपछि उक्त वार्ड सञ्चालनमा आएको हो । 

 

कोभिड वार्ड एचडियुमा सञ्चालन गरिएको छ । जटिल रोगका कोभिडका बिरामीलाई अक्सिजन कन्सर्नटेटर दिएर उपचार सुरु भएको अस्पतालका चिकित्सक टासी आङ्जु लामाले बताए । १ पटकमा ५ जना बिरामीको उपचार सहजै गर्न सकिने उनले जानकारी दिए ।

 

यसलाई चाँडै २० बेडको बनाउने पहल सुरु भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए । अस्पतालमा भेन्टिलेटर भए पनि त्यसलाई सञ्चालन गर्ने प्राविधिक नभएका कारण भेन्टिलेटरमा राख्नुपर्ने बिरामी आए जिल्लामा उपचार हुन नसक्ने अवस्था छ ।