close

गल्याङ नगर अस्पतालमा कोरोना संक्रमितलाई बेड तथा अक्सिजन निःशुल्क

गल्याङ नगर अस्पतालमा कोरोना संक्रमितलाई बेड तथा अक्सिजन निःशुल्क

Trulli
ADVERTISEMENT

स्याङ्जा– स्याङ्जाको गल्याङ नगर अस्पतालमा कोरोना संक्रमित बिरामीका लागि बेड तथा अक्सिजन शुल्क निःशुल्क गरिने भएको छ ।  अस्पतालका अध्यक्ष तथा गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले अस्पतालमा बेड तथा अक्सिजन शुल्क नलिने निर्णय गरेको हो । 
 

यसअघि बेड, अक्सिजन तथा औषधीका लागि नगर अस्पतालमा ५ हजार रुपैयाँ शुल्क लिने गरिएको थियो । नगर अस्पतालमा विपन्न परिवारका व्यक्तिसमेत जाने गरेकाले शुल्क लिएको गुनासो आएपछि नगरप्रमुखले शुल्क नलिने प्रस्ताव गरेका हुन् । 
गल्याङ नगरपालिकाद्वारा सञ्चालित गल्याङ नगर अस्पतालमा अन्य रोगसँगै कोभिड–१९ प्रभावित बिरामीको पनि उपचार हुँदै आएको छ । 

 

१ असारदेखि भर्ना सञ्चालन गर्न गल्याङको सूचना
 

स्याङ्जाको गल्याङ नगरपालिकाले वार्षिक परीक्षा तथा नतिजा प्रकाशन गर्न सूचना जारी गरेको छ । 
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव केदारराज आचार्यले आइतबार जारी गरेको सूचनामा वार्षिक परीक्षा तथा नतिजा प्रकाशन गरी १ असारदेखि भर्ना प्रक्रिया सञ्चालन गर्न भनिएको हो । 

 

सूचनामा सम्भव भएसम्म अनुकूल मूल्यांकन प्रक्रिया अपनाएर अनलाइन तथा भर्चुअल माध्यमबाट वा अन्य वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न निर्देशन दिइएको छ । 
 

सूचनामा त्रैमासिक परीक्षा, अर्धवार्षिक परीक्षा वा निरन्तर मूल्यांकनलाई आधार मानेर वार्षिक नतिजा प्रकाशन गर्न सकिने छ । 
यस्तै, नतिजा प्रकाशनका लागि शिक्षकले एकअर्कामा विद्यार्थीका प्राप्तांक आदानप्रदान गर्दा विद्युतीय माध्यमको प्रयोग गर्ने तथा नतिजा प्रकाशन पनि विद्युतीय माध्यमबाटै गर्न भनिएको छ । 
यसैगरी शैक्षिक सत्र २०७८ को भर्नासम्बन्धी कार्यक्रम पनि १ असारदेखि विद्युतीय माध्यमबाटै गर्न सूचनामा उल्लेख गरिएको छ ।