close

कोरोना राेकथाम र नियन्त्रणमा रम्भा माेडल (भिडियो खबर)

कोरोना राेकथाम र नियन्त्रणमा रम्भा माेडल (भिडियो खबर)

ADVERTISEMENT

पाल्पा- नेपालमा दोस्रो वर्ष देखा परेकोे कोरोनाको दोस्रो भेरियन्टको संक्रमण दर दिनप्रतिदिन बढिरहेको छ । दोस्रो भेरियन्ट देखा परेको महिना दुई बितिसक्दा समेत रोकथाम हुन सकेको छैन । गत वर्ष समुदायस्तरमा कम मात्रामा फैलिएको कोरोना यस वर्ष समुदाय स्तरमा कब्जा नै जमाएर बसेको छ ।

 

जसको मारमा समुदाय भित्रका नागरिक परेका छन् । स्थानीय सरकारले कोरोना रोकथामसँगै सामाजिक उत्तरदायित्वलाई समेत ध्यानमा राखेर परीक्षण, कोभिड अस्पताल, आइसोलेसन सेन्टर देखि राहतका प्याकेज ल्याएका छन् । पाल्पाको रम्भा गाउँपालिका वडा नं १ हुँगीमा निर्माण भएको कोभिड अस्पतालमा उपचारत नागकिरलाई हौसला प्रदान जनप्रतिनिधिहरु  व्यस्त हुन्छन् ।

 

गाउँपालिकाले कोरोनाको रोकथाम र नियन्त्रणको लागि १० बेडको अक्सिजनयुक्त आइसोलेसन सञ्चालनमा ल्याएको छ । रम्भा गाउँपालिकाले वडा नं १ हुँगीको जनकल्याण माविको पुरानो भवनमा ५ बेड र रम्भा मावि वडा नं ५ ताँहुमा ५ आइसोलेसन सञ्चालनमा ल्याएको छ ।

 

हुँगी स्वास्थ्य चौकीका डाक्टर पुजन श्रेष्ठको नेतृत्वमा आइसोलेसनमा संक्रमितको उपचार र हेरचाह हुँदै आएको छ । डा . पुजनको नेतृत्वमा होम आइसोलेसनमा बसेका देखि स्वास्थ्य चौकि हुँगी र कोभिड अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्य उपचारमा खटिदै आएका छन् । जिल्लाका धेरै जसो स्थानीय तहले डाक्टर विना नै कोभिड संक्रमितको उपचार गरिराखेको बखत रम्भाले डाक्टर सहित कोभिड संक्रमितको उपचार र हेरचाह गरिरहेको छ । 

 

समुदाय स्तरमा फैलिएको कोरोनाको रोकथामको लागि रम्भा गाउँपालिकाले जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, पिसिआर र एन्टीजेन परिक्षणलाई घरघरमा पुर्‍याएको छ । कोभिड पोजेटिभ भएको तर होम आइसोलेसनमा स्वास्थ्य समस्या नआई बसेका संक्रमितको स्वास्थ्य अवस्था बुझ्न रम्भाका स्वास्थ्यकर्मी डाक्टर सहित घरघरमै पुग्ने गरेका छन् ।

 

रम्भा गाउँपालिकाको वडा नं १ सघाँहा, अर्सेदी, साविकको वडा नं ७, वडा नं २ को फोकसीङकोट, पिपलडाँडा, वडा नं ५ को ताँहु बजार लगायतका क्षेत्रमा कोरोना संक्रमण समुदायस्तरमा तीव्र रूपमा फैलिएको छ । यी ठाउँमा पालिकाले समुदाय स्तरमा परिक्षणको दायरलाई विस्तार गरेको छ ।

 

रम्भाले कोरोना संक्रमणको न्यूनिकरणसँगै सामाजिक उत्तरदायित्वलाई समेत सँगसँगै अघि बढाएको छ । पालिकाले कोरोना संक्रमणका कारण निधन भएका परिवारलाई काजकिरिया खर्चबापत ५० हजार दिने निर्णय गरिसकेको छ । यस्तै संक्रमितलाई आइसोलेसन सेन्टर, अस्पताल र घरसम्मको सहजताको लागि दुईवटा एम्बुलेन्स सहित भाँडामा दुईवटा गाडी लिएर सेवा प्रदान गरेको छ । 

 

कोरोना संक्रमणको रोकथाम र न्यूनिकरणको लागि गाउँपालिकाले प्रयास जारी राखेको छ । गाउँपालिकाले समुदायस्तरमा फैलिएको कोभिडलाई रोकथाम गर्न टोलटोलमा परीक्षणको ब्यवस्थापन अभियानमा लागि परेको छ । 

 

कोरोनाको रोकथाम तथा न्यूनिकरणको लागि रम्भाले पर्याप्त प्रयास जारी राखेको छ । हरेस पालिकाले खाएको छैन । खोप खरिद लागि रम्भा गाउँपालिकाले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको छ । कोरोनालाई समुदायस्तरबाटै परास्त पार्न कोरोना विरुद्ध लडिरहेको छ ।