close

कोरोना संक्रमण रोक्न तानसेनकाे उदाहरणीय पहल (भिडियो खबर)

कोरोना संक्रमण रोक्न तानसेनकाे उदाहरणीय पहल (भिडियो खबर)

ADVERTISEMENT

पाल्पा- नेपाल अहिले संघीय लोकतान्त्रीक गणतन्त्रात्मक मुलक बनेपछि संघीयताको अभ्यासमा छ । सिंहदरबारको अघिकार गाउँगाउँमा भनि ठुला प्रचार भए तर यसको अनुभुति जनताले कम मात्रै गर्न पाएका छन् । तर संयोग नै मान्नुपर्छ रोगब्याधले आक्रान्त पारेको बेला स्थानीय सरकारले टोलटोलमै कोरोनाको परीक्षणलाई विस्तार गरेर संघीयताको मोडालिटी प्रस्तुत गर्दा नागरिकले स्वास्थ्य उपचार पाएका छन् ।

 

पाल्पाको तानसेन नगरपालिकाले १४ वटै वडाको टोलटोलमा पुगेर बृहत कोरोना परीक्षणलाई तिव्रता दिएको छ । पाल्पा अस्पतालसँगको समन्वयमा घरघरमा पुगेर कोरोना संक्रमित खोज्ने काम भईरहेको छ । गाउँघरमा परीक्षणको दायरामा नआएका संक्रमितलाई खोजेर सिसिआर परीक्षण गराउने काम तानसेन नगर सरकारले गरेको छ । नगर सरकारका नगरप्रमुख/उपप्रमुख दुबै जना पछिल्लो समय नगर क्षेत्रमा फैलिएको कोरोना परीक्षणलाई न्यूनिकरण गर्न टोलटोलमा पिसिआर परीक्षणको टोली लिएर पुग्ने गरेका छन् । 

 

यि हुन पाल्पाको तानसेन नगरपालिका वडा नं १४ अर्गेलीका ९४ वर्षीय नित्यानन्द पाण्डे । पाण्डे बुबाको मन अहिले डराएको छ । गाउँघरमा अहिले कोरोनाको बिगबिगी छ । सबै तिर ज्वरो रुघा खोकिका विरामी हुँदा आफूमा पनि कोरोना छ कि भनि परीक्षण गर्न घुम्ती कोरोना परीक्षण शिविरमा आएका छन् । कोरोना परीक्षण गर्नकै लागि गाडीमा एक घण्टा लगाएर सदरमुकाम तानसेन पुग्नुपर्ने बाध्यता पाण्डे बुबा जस्तै सम्रग अर्गलीबासीको समेत थियो । तर, नगरपालिकाले वडामै पुगरे परीक्षण गरिदिए पछि स्थानीयले सुविस्ता पाएका छन् । 

 

नित्यानन्द बुवासँगै गाउँघरका अन्य पाका पुस्तालाई समेत सहज भएको छ । यस्तै खालको सहज भएको छ तानसेन १४ अर्गलीकै ६६ बर्षी सुकदेव गैरेलाई । गैरै दम्पत्ति २० दिन अघि कोरोना संक्रमित भए । संक्रमित भएको विगतलाई सम्झेर भन्छन्, कोरोना कसैलाई नलागोस् । 

 


हिडेर जान टाढा हुने, गाडीमा जान निषेधाज्ञा लाग्ने लगायतको समस्याले  गाउँघरमै कोरोना पचाएर बसेकालाई घुम्ती कोरोना परीक्षण कार्याक्रमले राहत पुर्‍याएको छ । नगर सरकारले एक हप्ताको अवधीमा ५ सय बढीको समुदायस्तरबाट कारोना परीक्षण गरेको छ । यसरी गाउँघरमा भएको परीक्षणले समुदाय स्तरमा लुकेर रहेको कोरोनालाई पहिचान गरि न्यूनिकरणमा तानसेन नगर सरकार जुटेको छ । 


तानसेन नगर भित्र बढेको कोरोनाको रोकथामको न्यूनिकरणको लागि नगर सरकारलाई बलियो साथ पाल्पा अस्पतालले दिएको छ । पाल्पा अस्पतालले  कोरोना परीक्षण प्रयोगशालाका जनशक्ति सहित पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डे स्वयम स्वास्थ्यकर्मीको टिम नै लिएर गाउँगाउँ जान थालेका छन् ।
 

गाउँघरमा यसरी सुरु गरिएको कोरोनाको तीव्र परीक्षणले तानसेनमा कोरोनाका संक्रिया संक्रमित बढ्नु स्वभाविक हो । सामान्य रुघाखोकी र ज्वरोलाई सामान्य भनि घरमै स्वास्थ्य सावधानी नअपनाई बसेकालाई कमसेकम स्वास्थ्य मापदण्डको दायरमा ल्याउन बृहत टोलटोलमा कोरोना परीक्षणले राहत पुयाएको छ ।