close

गृह जिल्लाका पालिकालाई रामचन्द्र पौडेलको साथ

गृह जिल्लाका पालिकालाई रामचन्द्र पौडेलको साथ

Trulli
ADVERTISEMENT

तनहुँ - कोरोना भाइसर नियन्त्रणमा जुटिरहेका तनहुँका स्थानीय सरकारलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सघाएका छन् । शनिबार पौडेलले  गृह जिल्ला तनहुँका स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । 

 

कोरोना नियन्त्रणका लागी सघाउन उनले अक्सिजन कन्सन्ट्रेटर सहितका विभिन्न स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।

 

पौडेलले जिल्लाका १० वटै स्थानीय तहलाई १÷१ थान अक्सिजन कन्सन्ट्रेटरको साथमा फेस माक्स, पिपिई डिस्पोजल र ह्यान्ड सेनिटाइजर वितरण गरे । छिमेकी जिल्ला लमजुङको मध्यनेपाल नगरपालिकालाई पनि अक्सिजन कन्सन्ट्रेटर सहितका समाग्री दिइएको छ ।


यस्तै, जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेचौतारा, दमौली अस्पताल दमौली, पुरनडिही अस्पताल भानु, बन्दीपुर अस्पताल बन्दीपुर र नेपाल पत्रकार महासंघ तनहुँ शाखालाई फेस माक्स, एन ९५ मास्क, ग्लोब्स, पिपीई, सेनिटाइजरलगायतका सामाग्री उपलब्ध गराएका छन् ।

 

दातृ संस्थासंगको समन्वयमा करिब ३५ लाख रुपैयाँको सामाग्री सहयोग गरेको पौडेलले जानकारी दिए । उनले विपत्तिको सामना गर्न सबै एकजुट हुनुपर्ने बताए ।