close

रोङको कोरोना अस्पतालः निःशुल्क उपचार, निःशुल्क खाना

रोङको कोरोना अस्पतालः निःशुल्क उपचार, निःशुल्क खाना

Trulli
ADVERTISEMENT

इलाम– जिल्ला सदरमुकामका अस्पतालमा स्वाथ्यकर्मीको अभावले उपचारमा समस्या झेलिरहेको बेला इलामको रोङ गाउँपालिकाले गाउँमै कोरोना भाइरसको उपचार गरिरहेको छ । 

 

मेडिकल अधिकृत सहितको टोलीले इलामको रोङ गाउँपालिकाले गाउँमै कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचार गर्दै आएको छ । पालिकाले कोभिड अस्पताल सञ्चालन गर्दै संक्रमितको उपचार गरिरहेको प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईले जनाकारी गराए ।

 

कोभिड पोजेटिभको निःशुल्क उपचार गराइरहेको अस्पतालमा पोजेटिभ भएपछि होम आइसोलेन बस्न नसक्ने बिरामी आउने गरेका छन् । अस्पतालमा भर्ना भएका बिरामी र बिरामीका कुरूवालाई निःशुल्क खाना समेत पालिकाले खुवाउने व्यवस्था गरेको छ ।

 

गाउँमै कोभिडको उपचारले शुरूवातको अवस्थामै टाढाको अस्पतालमा जानु पर्ने समस्या हटेको छ । स्थानीय नगरिकलाई उपचारमा सहयोग पुगेकोले वडा अध्यक्ष मात्रिका बरालले बताए । उनले उपचार सेवाले उपचार खर्चको अभावमा कोभिडको उपचारमा गाउँपालिकाले सहयोग गरेको जानकारी गराए ।

 

‘गाउँपालिकाका अधिकांश कोभिडको बिरामी हामीले होम आइसोलेनमा राखेर नियमित स्थाथ्यकर्मीको निगरानी औषधोपचार गराएर निको बनाएका छौं,’ वडा अध्यक्ष बरालले भने, ‘बिमारीको उपचार पालिकाको डाक्टरको निगरानीमा गराई रहेका छौं । डाक्टरकै सल्लाहमा मात्रै रेफर गरिरहेको छौं ।’  

 

मेडिकल अधिकृत (एमबिबिएस डाक्टर) सहितको उपचार सेवा थालेको अस्पतालमा ल्याब सहितको सेवा उपलब्ध छ । दुई स्टाफ नर्स र एक कार्यालय सहयोगीको साथमा दैनिक कोभिडका बिरामीको उपचार भइरहेको छ । 

 

गाउँपालिकाको वडा नम्बर ५ इरौटारमा रहेको अस्पतालमा ३० बेड मध्ये १० बेड अक्सिजन सिलिन्डर सहितको तयारी अवस्थामा छ । दुई थान अक्सिजन कन्सन्टेटर, ल्याब मेसिन छन् । तत्कालै सावरी साधनको आवश्यकता पुरा गर्न गाउँपालिकाले ढुवानीका लागि खरिद गरेको गाडीलाई अस्थायी एम्बुलेन्सको रूपमा तयारी राखेको छ ।

 

गाउँपालिकाले गत वर्ष नै कोभिडको महामारीमा गाउँपालिकामै अस्पताल निर्माण गर्न संघीय सरकारले दिएको दश लाख खर्चलाई गाउँपालिकाले सदुपयोग गर्दै अस्पताल निर्माण गरेको बताइएको छ । अस्पताल निर्माण गर्न पुरानो खाली भएको स्वाथ्य चौकीको भवन र वडा कार्यालयको तल्लो तलालाई उपयोग गरिएको छ । 

 

सोही ठाउँमा अस्पतालका लागि पर्याप्त जग्गा समेत उपलब्ध भइसकेकोले आवश्यक बजेट उपलब्ध भए सुविधा सम्पन्न अस्पतालको निर्माण थाल्ने गाउँपालिकाले जनाएको छ ।