close

हुम्लामा कोरोना संक्रमितको संख्या शून्य

हुम्लामा कोरोना संक्रमितको संख्या शून्य

Trulli
ADVERTISEMENT

हुम्ला– दिनहुँजसो कोरोना संक्रमित भेटिने हुम्लामा पछिल्लो चार दिनयता संक्रमित हुनेको संख्या शून्यमा पुगेको छ ।

 

जिल्लाका सात वटै गाउँपालिकामा यसअघि नै परीक्षणको दायरालाई साँघुरो बनाइनुका साथै संक्रमितको संख्या शून्य थियो । जिल्ला अस्पताल हुम्लामा भने नियमित कोरोना परीक्षण हुनुका साथै दैनिक एक जनामा संक्रमण पुष्टि हुने गरेको थियो । 

 

जिल्ला अस्पताल हुम्लामा चार दिनयता परीक्षणको दायरा बढाइए पनि संक्रमित हुनेको संख्या शून्य रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । एकै दिन झन्डै ३ सयमा कोरोना परीक्षण गर्दासमेत संक्रमित नभेटिएको सूचना अधिकारी फडेराले बताए । 

 

चारदिने अवधिमा ५६१ जनालाई जिल्ला अस्पताल हुम्लामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि हुनेको संख्या शून्य रहेको उनको भनाइ छ ।
हाल जिल्ला अस्पताल हुम्लाको रानीवनमा रहेको क्वारेन्टाइनमा चार जना मात्रै संक्रिय संक्रमित छन् भने उनीहरूको अवस्था सामान्य छ ।

 

हालसम्म कोरोना संक्रमित भएका कुल ३९८ मध्ये ३८७ जना निको भएर घर फर्किइसकेका छन् । जिल्लामा ४ जना मात्रै सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्ला अस्पताल र यहाँका सात वटै स्थानीय तहका महिला÷पुरुष गरेर ३ हजार १ सय २२ जनालाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

 

१० दिन आइसोलेसनमा राखेर उपचार गरी पुनः परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ देखिएका संक्रमितलाई घर पठाउने गरिएको छ । संक्रमण भएको १० दिनपछि कोरोना संक्रमित भएका व्यक्तिले अरू व्यक्तिमा नसार्ने भएकाले यहाँका संक्रमितले समुदायमा कोरोना सार्न नसकेको जिल्ला अस्पताल हुम्लाले बताएको छ ।