close

ताप्लेजुङका ३ पालिका संक्रमणमुक्त

ताप्लेजुङका ३ पालिका संक्रमणमुक्त

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– सक्रिय कोरोना संक्रमित घटेसँगै ताप्लेजुङको कोभिड अस्पतालमा उपचारार्थ भर्ना हुने बिरामीको संख्या घटेको छ ।

 

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सोमबार प्रकाशित गरेको विवरणअनुसार अहिले ताप्लेजुङ जिल्ला अस्पतालले सञ्चालन गरेको कोभिड अस्पतालमा उपचारका लागि १ जना मात्र बिरामी भर्ना भएका छन् । 

 

त्यहाँ कम्तीमा ६ र बढीमा १४ जनासम्म बिरामी उपचारका लागि भर्ना हुने गरेका थिए । जिल्ला प्रशासन कार्यालयका अनुसार अहिले ताप्लेजुङबाट थप उपचारका लागि जिल्ला बाहिर कुनै पनि बिरामी लगिएका छैनन् ।
७८ जना सक्रिय कोरोना संक्रमित रहेकामा ७७ जना होम आइसोलेसनमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले जानकारी दिइन् ।

सबैभन्दा बढी कोरोना संक्रमित पाथीभरा याङ्बरक गाउँपालिकामा छन् । त्यहाँ ३६ जना सक्रिय संक्रमितले होम आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

 

जिल्ला अस्पतालमा परीक्षण गराएका २७ सहित फुङलिङ नगरपालिकामा २९ जना सक्रिय संक्रमित छन् । सिरिजंगा गाउँपालिकामा ८ जना, आठराई त्रिवेणी र सिदिङ्वामा २–२ जना एवं मैवाखोलामा १ जना सक्रिय संक्रमित छन् ।

 

मेरिङदेन, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिका संक्रमण शून्य पालिका बनेका हुन् । कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएयता २ हजार ५ सय २ जनामा संक्रमण देखिएकामा २ हजार ४ सय ८ जना संक्रमणमुक्त भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।