close

बिरामी नभएपछि कोभिड अस्पतालमा लाग्यो ताला 

बिरामी नभएपछि कोभिड अस्पतालमा लाग्यो ताला 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– उपचारका लागि आउने बिरामी नभएपछि ताप्लेजुङमा सञ्चालित कोभिड अस्पताल बन्द गरिएको छ । नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित डिचेन डोंगला स्मारक आँखा उपचार केन्द्रको भवनमा रहेको अस्थायी कोभिड अस्पतालको मुख्य प्रवेशद्वारमै ताल्चा लगाई बन्द गरिएको हो ।

 

कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बिरामी नभएपछि कोभिड अस्पताल खाली भएको जानकारी दिए ।

 

बुधबार अपराह्नसम्मको तथ्यांकअनुसार ताप्लेजुङमा अस्पतालमै रहेर उपचार गर्नुपर्ने प्रकृतिका कुनै पनि कोरोनाका बिरामी छैनन् । उपचारका लागि जिल्ला बाहिर पठाउनुपर्ने अवस्थाका बिरामीसमेत नभएको र नपठाइएको ताप्लेजुङ जिल्ला अस्पतालले जनाएको छ ।

 

उपचारका लागि बिरामी आए भने सेवा दिइने अस्पतालले बताएको छ । जिल्ला प्रशासन कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति विजय गोठाले गौतमका अनुसार १ जना सक्रिय कोरोना संक्रमित स्थानीय तहले बनाएको क्वारेन्टाइनमा रहेर स्वास्थ्यलाभ गरिरहेका छन् । हाल सक्रिय संक्रमित ७१ मध्ये ७० जना होम आइसोलेसनमा रहेर स्वास्थ्यलाभ गरिरहेका
छन् ।

 

सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएयता ताप्लेजुङमा २ हजार ५ सय ११ जनामा संक्रमण देखिएकामा २ हजार ४ सय २४ जना संक्रमणमुक्त भइसकेका छन् ।