close

ताप्लेजुङमा जोडियो अक्सिजन प्लान्ट

ताप्लेजुङमा जोडियो अक्सिजन प्लान्ट

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङमै अक्सिजन उत्पादन हुन सुरु हुने भएको छ । बुधबार अक्सिजन प्लान्ट जडान पूरा भएपछि अब दैनिक यहीँबाट अक्सिजन उत्पादन गर्न सकिने ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुुपरिटेन्डेन्ट डा. सोनिङ लामाले जानकारी दिए । 

 

प्रविधि इन्टरनेस्नल सप्लार्यसमार्फत ७१ लाख ५० हजार रुपैयाँ लागतमा अक्सिजन प्लान्ट जडान पूरा भएको लामाले बताए । अक्सिजन प्लान्ट राख्ने स्थानमा ट्रस राख्नेलगायत काम भने बाँकी छ । त्यो पनि करिब २ साताभित्र पूरा हुने ताप्लेजुङ जिल्ला अस्पतालले बताएको छ ।

 

अक्सिजन प्लान्ट जडान पूरा भएकाले यहीँ प्लान्टमार्फत २४ घन्टामा ६०–६५ किलोग्रामा २० थान अक्सिजन सिलिन्डर बराबर अक्सिजन उत्पादन गर्न सकिने प्रविधि इन्टरनेसनल सप्लायर्स दिलबहादुर विकले जानकारी दिए । 

 

अहिलेसम्म ताप्लेजुङमा अक्सिजन उत्पादन हुने गरेको थिएन । कोरोनाका बिरामी अत्यधिक भएको समय समेत पर्याप्त मात्रामा अक्सिजन सिलिन्डर नभएपछि ताप्लेजुङ उद्योग वाणिज्य संघको अगुवाइमा यहाँका जनप्रतिनिधि र दातामार्फत भरिएको आपूर्तिको पहल भएको थियो ।

 

विभिन्न दाताले अक्सिजन कन्सन्ट्रेटरसमेत दिएका छन् । प्लान्ट जडानसँगै अब बिरामीका लागि चाहिने अक्सिजन अभाव नखड्किने ताप्लेजुङ अस्पतालका निमित्त मेसु लामाको भनाइ छ । 

 

ताप्लेजुङ अस्पतालमा आइसियु जडानसमेत हुनेछ । काठमाडौंको चावहिलस्थित फाइन सर्जिकल नेपाल प्रालिले १ करोड ८ लाख ११ हजार ६ सय १४ रुपैयाँमा पिरियडिक आइसियु जडानको जिम्मेवारी पाएको छ ।