close

स्वास्थ्य कार्यक्रममा उत्कृष्ट बन्यो मायादेवी

स्वास्थ्य कार्यक्रममा उत्कृष्ट बन्यो मायादेवी

Trulli
ADVERTISEMENT

रूपन्देही– आर्थिक वर्ष २०७७/७८ मा रूपन्देहीका पालिका र अन्तर्गतका संस्थाबाट सञ्चालित स्वास्थ्यसम्बन्धी कार्यक्रम सफल रूपमा सञ्चालन गरेबापत स्वास्थ्य कार्यालय रूपन्देहीले जिल्लाका उत्कृष्ट पालिकालाई सम्मान गरेको छ । सबै गतिविधिमा उत्कृष्ट नतिजा ल्याउने मायादेवी गाउँपालिका प्रथम घोषित भएको छ ।


स्वास्थ्य कार्यालय भैरहवाद्वारा आयोजित कार्यक्रममा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मायादेवी गाउँपालिकालाई सम्मानित गरे । ३० वटामध्ये मुख्य–मुख्य सूचकका आधारमा मूल्यांकन गर्दा मायादेवीले पहिलो स्थान प्राप्त गरेको हो ।

 

यस्तै, सम्मरीमाई गाउँपालिका दोस्रो र देवदह नगरपालिकाले तेस्रो स्थान प्राप्त गरेको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत ओमप्रकाश गुप्ताले जानकारी दिए ।
‘३० वटा सूचक र जम्मा पूर्णांक १ सय राखी पालिकाको मूल्यांकन गरिएको थियो । यसमध्ये उत्कृष्ट नतिजा ल्याउने ३ पालिकालाई कदरपत्र प्रदान गरियो’, गुप्ताले भने ।

 

कार्यक्रममा स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी, प्रमुख जिल्ला अधिकारी तिवारी, स्वास्थ्य कार्यालय रूपन्देहीका तथ्यांक अधिकृत गुप्ता, स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत टुकप्रसाद पोखरेललगायत उपस्थित थिए ।