close

विराटनगर महानगरले सञ्चालनमा ल्यायो न्यूरो अस्पताल

विराटनगर महानगरले सञ्चालनमा ल्यायो न्यूरो अस्पताल

Trulli
ADVERTISEMENT

विराटनगर– मोरङको विराटनगर महानगरले कञ्चनबारीमा १५ करोड रुपैयाँ लगानीमा २५ शय्याको न्यूरो अस्पताल सञ्चालनमा ल्याएको छ । लामो समय न्यूरो सर्जनका रूपमा काम गरेका डा. पंकज नेपालले उक्त अस्पताल सञ्चालनमा ल्याएका हुन् ।


आर्या हस्पिटल अफ न्यूरो सर्जिकल एन्ड अप्लाइड साइसेन्स प्रालिले सञ्चालनमा ल्याएको आर्या न्यूरो हस्पिटलबाट अत्याधुनिक प्रविधियुक्त सेवा प्रवाह गरिनेछ । अस्पतालका प्रबन्धक निर्देशक डा. नेपालले न्यूरो सर्जरीको क्षेत्रमा अन्यत्र लिइने शुल्कभन्दा कम शुल्कमा सेवा दिइने बताए । गरिब र असहायका लागि निःशुल्क सेवा दिने उद्घोष उनले गरे ।

 

अस्पतालमा दुर्घटनाका बिरामी र खासगरी टाउकाको चोटपटकमा चाँडै शल्यक्रिया गरेर बिरामीको उपचार गर्न इमर्जेन्सीसँगै जोडेर शल्यक्रिया कक्षको व्यवस्था गरिएको छ । भेन्टिलेटरसहितको आईसीयू कक्ष, न्यूरोसम्बन्धी सम्पूर्ण सेवा, हाडजोर्नी, नाक, कान घाँटी, दन्त चिकित्सा, जनरल तथा ल्याप्रोस्कोपी, ओपिडी सेवा, फिजियोथेरापी, सिटी स्क्यान र एमआरआई सेवा उपलब्ध रहेको उक्त अस्पताललाई चाँडै ५० शय्यामा स्तरोन्नति गरिने डा. नेपालले बताए ।

 

अस्पतालले प्रारम्भिक चरणमा १२ जना मेडिकल अफिसर, ११ जना नर्समार्फत सेवा दिनेछ । सबै विभागमा गरी करिब १०० जनाले रोजगारी पाएको अस्पतालका साझेदार तथा व्यवस्थापक दिनेश ठाकुरले जानकारी दिए ।