close

मायादेवी पालिकाको धमैली स्वास्थ्य चौकीमा ल्याब सेवा

मायादेवी पालिकाको धमैली स्वास्थ्य चौकीमा ल्याब सेवा

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर १ मा रहेको धमैली स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालनमा आएको छ । ज्येष्ठ वडा सदस्य रामऔतार अहिरको अध्यक्षतामा पालिका अध्यक्ष धु्रवनारायण चौधरीले प्रयोगशाला उद्घाटन गरे । चौधरीले मायादेवी पालिकाले स्वास्थ्य क्षेत्रमा लगानी गरी घरदैलोमा गुणस्तरीय सेवा विस्तार गरेको बताए ।

 

उद्घाटन कार्यक्रममा पालिका उपाध्यक्ष तारादेवी यादव, स्वास्थ्य संयोजक भाष्कर आत्रेय, व्यवस्थापन समिति सदस्य विजयबहादुर त्रिपाठी, समाजसेवी श्रीराम यादवलगायतले नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँचमा  पुर्‍याउन सबै वडामा भएका स्वास्थ्य संस्थामा गुणस्तरीय ल्याब सेवा सञ्चालन गर्न पालिकाको ध्यानाकर्षण गराए । कार्यक्रममा कार्यालयमा सरुवा भइआएका सिनियर अहेब कमला अर्याल र अनमी शोभा खनाललाई स्वागत र शोभा फुलेललाई बिदाइ गरिएको थियो ।