close

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक ओटी रुम सञ्चालन 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक ओटी रुम सञ्चालन 

Trulli
ADVERTISEMENT

दाङ–दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साना तथा ठूला शल्यक्रिया (अप्रेसन) का लागि चार वटा नयाँ अत्याधुनिक ‘ओटी रुम’ आइतबारदेखि सञ्चालनमा ल्याइएको छ । थप गरिएका ओटी रुमबाट बिरामीको शल्यक्रिया सुरु गरिएको छ ।


यसअघि प्रतिष्ठानमा सामान्य र जटिल प्रकृतिका शल्यक्रियाका लागि ओटी रुम दुई वटा मात्रै हुँदा आलोपालो गरेर विशेषज्ञ चिकित्सकले अप्रेसन गर्नुपर्ने अवस्था थियो । अहिले थप चार नयाँ ओटी रुम सञ्चालनमा ल्याई सेवा विस्तार गरिएको प्रतिष्ठानले जनाएको छ । 


नयाँ ओटी सञ्चालनमा आएसँगै बिरामीको उपचार थप सहज भएको प्रतिष्ठानकी अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेतले जानकारी दिइन् । अप्रेसनका लागि नयाँ अत्याधुनिक उपकरण र थप विशेषज्ञ चिकित्सकको व्यवस्था मिलाइएको उनले बताइन् ।


आइतबारदेखि नै २५ बेडको प्राइभेट वार्ड सञ्चालनमा आएको अस्पताल निर्देशक डा.बस्नेतको भनाइ छ । विस्तारित स्वास्थ्य सेवा (इएचए) लाई प्रभावकारी बनाउनुका साथै बिरामीलाई छिटोछरितो सेवा प्रदान गर्न प्राइभेट वार्डले सहयोग पु¥याउने प्रतिष्ठानको विश्वास छ । 


प्राइभेट वार्ड सेवा दाङका लागि पहिलो र नवीनतम भएको प्रतिष्ठानले जनाएको छ । यो वार्डमा बिरामीका लागि छुट्टाछुट्टै क्याबिन बेड राखिएको छ । एसी सुविधा, प्रत्येक बेडका लागि छुट्टाछुट्टै शौचालय, अपांगतामैत्री शौचालय, लिफ्टबाट क्वाबिनसम्म जाने व्यवस्था, डाक्टर र स्वास्थ्यकर्मी २४ सै घन्टा उपलब्ध हुने व्यवस्थासहित सेवा सुरु गरिएको प्रतिष्ठानले जनाएको छ । 


प्राइभेट बेडसहित राप्ती स्वास्थ्य विज्ञानमा अब १ सय ७५ बेड सञ्चालनमा छन् । सिटी स्क्यान सेवा, आधुनिक ल्याब सेवा, अक्सिजन प्लान जडान, विभिन्न विशेषज्ञ सेवा प्रदान गरी उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता अब हट्नेछ ।