close

बाँकेमा २ लाख बढीलाई लगाइयो कोरोनाविरुद्वको खोप

बाँकेमा २ लाख बढीलाई लगाइयो कोरोनाविरुद्वको खोप

Trulli
ADVERTISEMENT

बाँके– बाँकेमा करिब २ लाखले कोरोनाविरुद्धको खोपको मात्रा पूरा गरेका छन् । स्वास्थ्य कार्यालय बाँकेका खोप कार्यक्रमका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार १ लाख ९७ हजार ५ सय १७ जनाले खोपको मात्रा पूरा गरेका हुन् ।

 

खोप लगाउने लक्षित समूह १८ वर्ष उमेरमाथिका ४ लाख ६ हजार १ सय ६५ जनामध्ये ४८ दशमलव ६ प्रतिशतले खोपको दोस्रो मात्रा लगाएका हुन् । पहिलो डोज लगाउनेको संख्या २ लाख ६४ हजार चार सय ९१ छ ।

 

उक्त सूचीअनुसार ६५ दशमलव १ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् । जिल्लामा अझै १ लाख ४१ हजार ६ सय ७४ जना खोपको पहुँचबाहिरै छन् । ती व्यक्तिलाई खोपको पहुँचमा ल्याउन जिल्लाका ८ वटै पालिकामा शनिवारबाहेक अन्य बार नियमित खोप लगाउने अभियान चलिरहेको श्रेष्ठले जानकारी दिए ।