close

कपिलवस्तुमा आईसियू र भेन्टिलेटरसहितको एम्बुलेन्स सेवा

कपिलवस्तुमा आईसियू र भेन्टिलेटरसहितको एम्बुलेन्स सेवा

Trulli
ADVERTISEMENT

कपिवलस्तु–कपिलवस्तुको कपिलवस्तु नगरपालिकाले आईसियू र भेन्टिलेटरसहितको एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । जटिल खाले बिरामीलाई लक्षित गरी नगरपालिकाले फोर्स कम्पनीको एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो । नगरपालिकाले एम्बुलेन्स खरिद गर्ने प्रक्रिया गत जेठमै अगाडि बढाएको थियो ।

 

कपिलवस्तु नगरपालिकाका नागरिकलाई स्वास्थ्य सेवाको क्षेत्रमा विशेष सेवा दिने उद्देश्यले आईसियू र भेन्टिलेटरसहितको एम्बुलेन्स खरिद गरिएको नगरप्रमुख किरण सिंहले बताए । कोरोना र विभिन्न प्रक्रिया नमिल्दा एम्बुलेन्स खरिद गर्न ढिलाइ भएको उनको जानकारी दिए । काठमाडौंको प्राइम अटो टेक्स प्रालिले भारतबाट खरिद गरी सुनौली नाका हुँदै एम्बुलेन्स नगरपालिकामा पठाएको हो । एम्बुलेन्सको लागत ७३ लाख रुपैयाँ हाराहारी रहेको खरिद समिति सदस्य तथा नगरपालिकाका इन्जिनियर राजेश सैनीले बताए ।

 

एम्बुलेन्समा आईसियू, भेन्टिलेटरसहित जटिल खाले बिरामीलाई भित्रै उपचार गर्न मिल्ने सेवा उपलब्ध रहेको इन्जिनियर सैनीले जानकारी दिए । उनका अनुसार एम्बुलेन्समा जीपिएस सिस्टम छ । जिल्लामै पहिलो पटक भेन्टिलेटरसहितको एम्बुलेन्स आएपछि नगरबासी खुसी भएको खरिद समिति संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले बताए । यसअघि बुटवलको लुम्बिनी प्रदेश अस्पताल र बाँकेको भेरी अस्पतालमा मात्र यस्तो खाले एम्बुलेन्स रहेको उनले बताए ।