close

लेटाङले बनायो स्वास्थ्य चौकी भवन 

लेटाङले बनायो स्वास्थ्य चौकी भवन 

Trulli
ADVERTISEMENT

मोरङ–मोरङको लेटाङ नगरपालिका वडा नम्बर ३ स्थित प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको छ । २ करोड ५९ लाख रुपैयाँ लागतमा भवन निर्माण गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहालले बताए ।

 

अस्पताल सञ्चालन भएपछि सरकारले दरबन्दीअनुसारको स्वास्थ्यकर्मी उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए । नगरपालिकाको वडा नम्बर ५ स्थित १० शय्याको आधारभूत अस्पताल निर्माणका लागि निर्माण व्यवसायीसँग ९ करोड ९९ लाख ३६ हजार रुपैयाँको लागतमा सम्झौता भई निर्माण सुरु गरिएको छ ।


कृषि उपजलाई बजारीकरण गरी कृषकलाई प्रत्यक्ष लाभ दिने उद्देश्यले वडा नम्बर ४ स्थित कृषि हाटबजार निर्माण अन्तिम चरणमा पुगेको छ । यसका लागि ३ करोड २० लाख १६ हजार रुपैयाँ लागतमा ठेक्का भएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारी ब्लक रहेको नगरपालिकामा कृषकका तरकारी बजारसम्म पु¥याएर उपभोक्ता माझसम्म लैजान सुविधा हुने नगरप्रमुख शंकर राईले बताए ।

 

नगरपालिकाले स्थानीय तहको निर्वाचनपछि हालसम्म २० दशमलव ९३ किमि बाटो नयाँ ट्रयाक निर्माण, ३९ दशमलव ५२ किमि बाटोमा ग्राभेल र १६ दशमलव ९ किमि बाटोमा कालोपत्रे, ३ सामुदायिक भवन निर्माण र १ दशमलव ५ किमि नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरिएको प्रशासकीय अधिकृत दाहालले बताए ।