close

स्वास्थ्य केन्द्रमा कर्मचारी नहुँदा कार्तिकाले बाटोमै जन्माइन् बच्चा

स्वास्थ्य केन्द्रमा कर्मचारी नहुँदा कार्तिकाले बाटोमै जन्माइन् बच्चा

Trulli
ADVERTISEMENT

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छन् । 

गाउँपालिकाको वडा नम्बर २ मा रहेको माझगाउँ स्वास्थ्य इकाइ केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा ३५ वर्षीया कार्तिका बिकले बाटोमा बच्चा जन्माएकी हुन् ।

सुत्केरी व्यथा लाग्ने बित्तिकै उनलाई आफन्तले स्वास्थ्य केन्द्रमा लगेका थिए । स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा उनलाई फर्काइएको थियो । उक्त स्वास्थ्य केन्द्र पुग्न एक घण्टा भन्दा बढी समय लाग्छ ।

घरमा ल्याउँदै गर्दा ताहाडा खोला नजिकै उनले बाटोमा छोरा जन्माएको स्थानीयले बताएका छन् । 

स्वास्थ्य केन्द्रमा रहेका कर्मचारी सबै करारका रहेको र गाउँपालिकाले कर्मचारीको करार सम्झौता थप नगरेपछि स्वास्थ्य कार्यालय कर्मचारीविहीन भएको गाउँपालिकाले जनाएको छ । 

कार्तिका र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।