close

कोभिड संक्रमणको ग्राफ उकालो लाग्दै, २ जनाको मृत्यु, ३४७ संक्रमित

कोभिड संक्रमणको ग्राफ उकालो लाग्दै, २ जनाको मृत्यु, ३४७ संक्रमित

Trulli
ADVERTISEMENT

काठमाडौँ । सरकारले कोरोना भाइरसबाट जोगिन अपिल गरेपनि कोभिड संक्रमणको ग्राफ भने उकालो लाग्दैछ ।

पछिल्लो २४ घण्टामा २ हजार ३६० पीसीआर परीक्षणमा ३०३ जना र १५२८ एन्टिजेन परीक्षणमा ४४ जना गरी ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा २ जनाले संक्रमणका कारण मृत्युवरण गर्नु पर्‍यो ।

यद्यपि पछिल्लो २४ घण्टामा ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार १७७ पुगेको छ ।

तीमध्ये ३ हजार ३५ जना होम आइसोलेसनमा छन् भने १४२ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २२ जना आइसियुमा र २ जना भेन्टिलेटरमा छन् ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौँ जिल्लामा १६९ जना संक्रमित भेटिएका छन् । त्यस्तै ललितपुरमा ३५, कास्कीमा २७, मोरङमा १७ र भक्तपुरमा १२ जना संक्रमित भेटिएका छन् ।