close

डेंगु महामारी नियन्त्रणका लागि समन्वय गर्न गोदावरीको अनुरोध

डेंगु महामारी नियन्त्रणका लागि समन्वय गर्न गोदावरीको अनुरोध

Trulli
ADVERTISEMENT

ललितपुर । गोदावरी नगरपालिकाले डेंगु रोग महामारी नियन्त्रणका लागि सबै निकायलाई अनुरोध गरेको छ । सोमबार नगरपालिकाले एक सूचना जारी गर्दै डेंगु महामारी नियन्त्रणका लागि अनुरोध गरेको हो । 

सूचनाअनुसार डेंगु रोग महामारी नियन्त्रणका लागि नगरपालिकाभित्र सञ्चालनमा रहेका सबै संघ संस्था तथा सम्बन्धित निकायसँग समन्वयात्मक कार्य गर्न पालिकाले अनुरोध गरेको हो ।

नगरपालिकाले नगरभित्रका वडा कार्यालय, विद्यालय, सरकारी तथा गैर सरकारी संस्था र स्वास्थ्य संस्थालाई समन्वय गर्न आग्रह गरेको पालिकाले जनाएको छ । 

पछिल्लो समय मुलुकभरका विभिन्न जिल्लामा डेंगु रोग संक्रमणको संख्या बढेकोले पालिकामा पनि जोखिममा रहेको नगरपालिकाले जनाएको छ ।