close

चितवनमा डेंगु सङ्क्रमित दुई हजार नाघे

चितवनमा डेंगु सङ्क्रमित दुई हजार नाघे

Trulli
ADVERTISEMENT

चितवन । जिल्लामा डेंगु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार १६४ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ ।

सो अवधिमा आठ हजार ८५३ जनामा डेंगु परीक्षण गर्दा दुई हजार १६४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । कार्यालयको तथ्याङ्कानुसार उनीहरूमध्ये एक हजार ४५१ चितवन जिल्लाभित्रका छन् । जसमा ८२२ पुरुष र ६२९ महिला छन् । 

४५४ सङ्क्रमित अन्य जिल्लाका हुन् भने २५९ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ । चितवनमा यो अवधिमा डेंगु सङ्क्रमणबाट तीन जनाको ज्यान गएको कार्यालयले जानकारी दिएको छ ।