close

कर्जन्हामा पाठेघर र हाइड्रोसिलको निःशुल्क उपचार गरिने

कर्जन्हामा पाठेघर र हाइड्रोसिलको निःशुल्क उपचार गरिने

Trulli
ADVERTISEMENT

सिरहाको कर्जन्हा नगरपालिकाले नगरवासीलाई निशुल्क स्वास्थ उपचार उपलब्ध गराउने भएको छ।

नगरको कार्यपापालिका र फूलकुमारी महतो मेमोरियल अस्पतालबीच निःशुल्क स्वास्थ्य उपचार गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएकाे छ। सम्झौता पत्रमा अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा श्यामकुमार साह र नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले हस्ताक्षर गरेका हुन्।

समझदारीअनुसार अस्पतालले पाठेघर खसेका महिला र हाइड्रोसिल भएका पुरुषलाई निःशुल्क शल्यक्र्रिया सेवा, बेड चार्ज, बेहोसी चार्ज, पाठेघरको मुखको क्यान्सरको जाँच, औषधि, बिरामीलाई खानाको सुविधा र शल्यक्रिया पश्चात् बिरामीको घरसम्म एम्बुलेन्समार्फत पुर्याइने उल्लेख छ। 

नगरपालिकावासीको निम्ति यस सेवा उपलब्ध गराउन लागेको प्रमुख प्रशासकीय अधिकृत दनुवारले बताए।