close

स्कुले विद्यार्थीलाई जुंकाको औषधी खुवाउँदै मनरा शिसवा

स्कुले विद्यार्थीलाई जुंकाको औषधी खुवाउँदै मनरा शिसवा

Trulli
ADVERTISEMENT

महोत्तरी । मनरा शिसवा नगरपालिकाले बुधबारदेखि विद्यालयका विद्यार्थीलाई जुंकाको खुवाउन थालेको हो । नगरपालिकाले जिल्ला स्वास्थ्य कार्यालयहको सहयोगमा ६ वर्षभन्दा माथिका विद्यार्थीलाई जुंकाको औषधी खुवाएका हो । 

नगरपालिकाले मंसिर २१ गतेदेखि २९ गते सो कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक राम प्रताप मण्डलका अनुसार ६ वर्षभन्दा माथिका कक्षा १० सम्म अध्ययनरत सबै विद्यार्थीलाई सो औषधी खुवाउने छ । 

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत सो कार्यक्रम सञ्चालन गरेकोे उनले पालिकाखबरलाई बताए । कार्यक्रमको लागि आवश्यक औषधी जिल्ला स्वास्थ्य कार्यालयले वितरण गरिने उनले बताए । 

सो कार्यक्रममार्फत नगरपालिका क्षेत्रका २८ वटा विद्यालयमा अध्ययनर विद्यार्थीको सहभागीता हुने पालिकाले जनाएको छ । कार्यक्रममार्फत ११ हजार ८४६ जना विद्यार्थीलाई जुंकाको औषधी वितरण गरिने पालिकाले जनाएको छ ।