close

निःशुल्क स्वास्थ्य शिविर गर्दै देवचुली

निःशुल्क स्वास्थ्य शिविर गर्दै देवचुली

Trulli
ADVERTISEMENT

नवलपरासी । देवचुली नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । चाइनना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ प्रालिको सहयोगमा नगरपालिकाले निःशुल्क स्वास्थ्य शिविर गर्न लागेको हो । 

शिविर मंसिर २८ गतेदेखि पुष १ गतेसम्म वडा नम्बर १६ को कार्यालयमा सञ्चालनमा हुने पालिकाले जनाएको छ । शिविरमा नाक, कान, घाटीलगायत विभिन्न परिक्षण हुने पालिकाले जनाएको छ । 

शिविरमा सहभागी हुनका लागि खाली पेटमा आउन नगरपालिकाले स्थानीय समक्ष अनुरोध गरेको छ ।