close

आँखा शिविरबाट तीन सय सात लाभान्वित

आँखा शिविरबाट तीन सय सात लाभान्वित

Trulli
ADVERTISEMENT

डडेलधुरा। गन्यापधुरा गाउँपालिकामा सञ्चालन भएकाे निःशुल्क आँखा शिविरबाट तीन सय सात जना लाभान्वित भएका छन् ।     

वडा नं स्थित ४ कैलपालमाण्डौ स्वास्थ्य चौकीमा मङ्गलबार एकदिने शिविर आयोजना गरिएको थियो । वडा नं ४ र ५ को आर्थिक सहयोग र नेपाल नेत्र ज्योति सङ्घ, गेटा आँखा अस्पताल र जिल्लास्थित आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन भएकाे थियाे।

आँखाको उपचार गराउन जिल्ला सदरमुकाम डडेल्धुरालगायत अन्य अस्पताल जान नसक्ने ज्येष्ठ नागरिक तथा आर्थिक अभावले उपचार गर्न नसक्ने स्थानीयवासीले गाउँमै राखिएको निःशुल्क शिविरबाट सेवा लिएका हुन् । 

शिविरमा उपचार गराउनेहरुको भीड लागेकाले अब चाँडै गाउँपालिकाभित्र शल्यक्रियासहित आँखाको उपचार गराउन शिविर  आयोजना गरिने गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले बताए। आर्थिक अवस्था कमजोर भएका लक्षित समुदाय र ज्येष्ठ नागरिक तथा असहायका लागि शिविर आयोजना गरी सेवा प्रदान गरिने उनले बताए।

आँखाको उपचार मात्रै नभई अन्य दीर्घ रोगको औषधोपचारका लागिसमेत गाउँपालिका भित्रै शिविर आयोजना गरी स्थानीय सर्वसधारणलाई सेवा प्रदान गरिने उनको भनाइ थियो । वडावासीहरुको समस्या पहिचान गरी शिविर आयोजना गरिएको वडाध्यक्ष नरेशकुमार भट्टले बताए।