close

राप्ती सोनारीका सबै वडामा प्रसूतिगृह निर्माण हुँदै

राप्ती सोनारीका सबै वडामा प्रसूतिगृह निर्माण हुँदै

Trulli
ADVERTISEMENT

बाँके। राप्ती सोनारी गाउँपालिकाले एक वडा एक प्रसूतिगृह निर्माण गर्ने नीति कार्यान्वयन सुरु गरेको छ । प्रसूतिगृह नभएका वडामा भवन निर्माण सुरु गरिएको गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताए। 

उनका अनुसार, प्रसूति गृह नभएको राप्ती सोनारी गाउँपालिका–६ मा भवन निर्माण सुरु गरिएको छ । वडा नं ६ फत्तेपुरको कमैयाँडाँडामा प्रसूति गृह निर्माण सुरु भएको छ । वडामा प्रसूति गृह नहुँदा सुत्केरी हुने महिलालाई वडा नं ७ स्थित फत्तेपुर स्वाथ्य चौकीमा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाले प्रसूतिगृह निर्माणका लागि रू २५ लाख बजेट विनियोजन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताए। 

राप्ती सोनारी –६ कमैयाँडाँडास्थित आधारभूत स्वाथ्य केन्द्र नजिकै तीन कोठे प्रसूतिगृह निर्माण सुरु भएको राप्ती सोनारी गाउँपालिका–६ नं वडाध्यक्ष लवराज खरेलले बताए। वडामा प्रसूतिगृह निर्माणपछि सुत्केरी हुन टाढा जानुपर्ने बाध्यता अन्त्य हुने उनले बताए। 

आधारभूत स्वाथ्य केन्द्रमा गर्भवती जाँच भए पनि प्रसूतिगृह नहुँदा सुत्केरी हुन फत्तेपुर स्वाथ्यचौकी जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । राप्ती सोनारी गाउँपलिका जनसङ्ख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो ।

 गाउँपालिकाकोे अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर भावर क्षेत्रलाई समेटेको छ । पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिका, उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गाउँपालिका र भारतीय सिमानाको चौघेरामा यो गाउँपालिका रहेको छ । साविकका छवटा गाविस खासकुश्मा, कचनापुर, बैजापुर, बिनौना, फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिका ९ वडामा विभाजित छ ।