close

महानगरको वडा नं. १० मा स्वास्थ्य भवन बन्ने

महानगरको वडा नं. १० मा स्वास्थ्य भवन बन्ने

Trulli
ADVERTISEMENT

काठमाडौं। काठमाडौं  महानगरपालिका वडा नं. १० को विनायक नगरमा स्वास्थ्य भवनको शिलान्यास भएको छ । ७० लाख रुपैयाँ लागतमा निर्माण हुने भवनको आज वडाध्यक्ष रामकुमार के. सी. ले शिलान्यास गरेका हुन्। 
 
शिलान्यास गर्दै के. सी.ले भने, ‘अहिले स्वास्थ्य सेवा धेरै नै महङ्गो भयो । सामान्य उपचारका लागि पनि धेरै रकम चाहिने भएपछि यसको प्रत्यक्ष असर समाज व्यवस्थापनमा परेको छ । यो  अवस्थालाई सुधार गर्न हामी विशेषज्ञ स्वास्थ्य सेवालाई सहज बनाउने प्रयासमा छौँ । यो भवननिर्माण भएर सेवा सुरु भएपछि योजना कार्यान्वयनमा एउटा उपलब्धी जोडिनेछ ।’

भवनको पहिलो तला निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको थियो । प्रतिस्पर्धाबाट उक्त भवन ७० लाख रुपैयाँमा निर्माण हुने भएको छ । आउँदो १ बर्षभित्र उक्त भवन निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । 

३ तलाको भवनबनाउने योजनाअनुसार पहिलो बर्ष पहिलो तला बनाउन लागिएको हो । अर्को बर्ष क्रमशःनिर्माण गर्दै लैजाने वडाको योजना छ ।