close

यशोधरामा ३५० जनाको मोतियाबिन्दुको शल्यक्रिया

यशोधरामा ३५० जनाको मोतियाबिन्दुको शल्यक्रिया

Trulli
ADVERTISEMENT

कपिलवस्तु। यशोधरा गाउँपालिकामा दुई दिने आँखा शिविर सम्पन्न भएको छ।

छन्द (काले) बाबु नारायणि आँखा अस्पताल, बहादुरगंजको प्राविधिक सहयोग तथा यशोधरा गाउँपालिकाको आयोजनामा यही माघ १३ र १४ गते निशुल्क आँखा शिवर सञ्चालन भएको थियो। जसमा १६०४ जना विरामीको आँखा जाँच भएको यशोधरा गाउँपालिकाले जनाएको छ।

शिविरमा आँखा जाँच भएका बिरामी मध्ये ३५० जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको र बाकीलाइ आवश्यकता अनुसार चश्मा लगायत औषधी वितरण गरिएको छ।  आँखा शिविरको समयमा  गाउँपालिका अध्यक्ष शिव दयाल तिवारीको पहलमा विरामीहरुको बास व्यवस्थापन तथा यातायात व्यवस्थापन समेत गरिएको गाउँपालिकाले जनाएको छ।